Saturday, September 26, 2026

कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण

Advertisement
Advertisement

कलैया, ०७ बैशाख । बाराको सदरमुकाम कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण गरिएको छ। बारा उद्योग वाणिज्य संघले कलैया बजारमा खसीको मासुको मुल्य निर्धारण गरेको हो ।

संघका (वाणिज्य) उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन)को अध्यक्षतामा आईतवार आयोजित बैठकमा मासु व्यवसायीहरूसँगको समन्वयपछि मूल्य समायोजन गरिएको जनाईएको छ।

नयाँ निर्णयअनुसार छालासहित खसीको मासु प्रतिकिलो १,०५० रुपैयाँ र छाला नभएको मासु प्रतिकिलो १,१०० रुपैयाँ तोकिएको छ। यो दर तत्कालै लागू भएको संघले जनाएको छ।

संघले निर्धारण गरिएको मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न सबै व्यवसायीलाई निर्देशन दिँदै उपभोक्तालाई समेत सोही अनुसार सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर