Tuesday, August 4, 2026

अध्ययन गरेको विद्यालयबाट प्रधानाध्यापकको रुपमा कुशवाहा ३८ वर्षको कार्यकाल पछि बिदा 

कलैया, ०७ बैशाख। बाराको कलैया उपमहानगरपालिका वडा नं १० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वाका प्रधानाध्यापक तथा मावि प्रथम श्रेणीका शिक्षक रामबाबु कुशवाहा अनिवार्य अवकाश भएर बिदा भएका छन्।

गणित र विज्ञान विषयको बरेवाको दुर्गा माविमा निमावि शिक्षकको रूपमा २०४५ साल मंसिर १५ गते अस्थायी शिक्षकको रूपमा शिक्षण पेशामा आएका कुशवाहा अहिले विदा भएको विद्यालयबाटै आफ्नो शिक्षा दिक्षा सुरु गरेका थिए। शिक्षामा झण्डै ३८ वर्ष योगदान दिएका कुशवाहा कलैया-१० निलकण्ठवाका स्थायी बासिन्दा पनि हुन्।

उनको जीवनको लक्की विद्यालय मटिअर्वा

विद्यार्थी जीवनमा धेरै परिश्रमी र जेहेन्दार विद्यार्थीको रुपमा पहिचान कमाएका कुशवाहा दुर्गा माविमा २०४५ मा अस्थायी निमावि शिक्षकको रुपमा नियुक्ती लिएका थिए। त्यसपछि करिब दुई वर्षपछि आफ्नै मटिअर्वा विद्यालयमा २०४७ मा सरुवा भएका थिए।

२०४७ सालमा निमावि शिक्षकको रुपमा सरुवा भएका उनी २०४८ साल असार १ गते मावि अस्थायी शिक्षकको नियुक्ति पाए । त्यसपछि त्यहीँ विद्यालयमा २०५१ साल पौष ३ गते मावि स्थाई शिक्षकको नियुक्ति पाए।

झण्डै १० वर्षपछि २०६१ सालमा उनको कवही गोठ विद्यालयमा सरुवा भएको थियो। कवही गोठबाट मावि द्वितीय श्रेणीमा नाम निकालेर २०६७ सालमा कलैया-२० बसतपुरमा सरुवा भएर आएका थिए।

फेरि त्यहाँबाट २०७७ सालमा आफ्नै विद्यालय मटिअर्वामा सरुवा भएर आउने अवसर पाए। २०७७ सालदेखि हालसम्म मटिअर्वा माविमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हालेका उनी २०७९ साल असार २७ गते बारा जिल्लाबाट एक्लै मावि प्रथम श्रेणीमा नाम निकालेर शिक्षा मन्त्रालयबाट पनि सम्मानित भए र उनले आजैको मितिबाट अवकाश भएका छन्।

मैले गरेको सबै राम्रो कामको श्रेय तपाईं सबैजना लिनु, नराम्रो सबै कामको दोष मलाई दिहाल्नु

विद्यालय प्रशासनले आयोजना गरेको विदाइ तथा स्वागत कार्यक्रममा मन्तव्य राख्दै उनले आफुले गरेको सबै काम गलत नहोला, केही सही पनि गरेको होला भन्दै आफुले गरेको सबै सहि कामको श्रेय स्थानीयहरुलाई दिएका थिए भने नराम्रो कामको जिम्मेवारी आफूले लिएका थिए।

उनले भने “मैले गरेको सबै राम्रो कामको श्रेय तपाईंहरू सबैजना लिनु र नराम्रो सबै कामको दोष मलाई दिहाल्नु।” २०१६ सालमा स्थापना भएको मटिअर्वा माविमा उन्कै कार्यकालमा लागातार दुई पटक दुईतले चार कोठे भवन परेको थियो। हाल उक्त विद्यालयमा अंग्रेजी शिक्षक गजेन्द्र प्रसाद यादव प्रधानाध्यापक नियुक्त भएका छन्।

केही तस्वीरहरु:

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर