Saturday, September 26, 2026

बारामा लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

Advertisement
Advertisement

बारा,०८ बैशाख । बारा प्रहरीले लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिमा वडा नं. ०३ बस्ने मखन महतोको छोरा १९ वर्षीय संदिप महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले आज बारा जिल्लाको फेटा गाउँपालिका वडा नं.३ स्थितमा आफ्नै आमालाई कुटपिट गरी पोखरीतर्फ भाग्दै गरेको अवस्थाबाट नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा पैन्टको पछाडीको खल्तीमा लुकाई छिपाई राखेको ०.९२० ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका महतोलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर