Friday, September 25, 2026

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेटर आदिल अन्सारी घाइते, वीरगञ्जमा उपचार हुँदै

Advertisement
Advertisement

बारा, ११ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

सिम्रौनगढ नगरपालिका निवासी अन्सारी सवार मोटरसाइकल बम नहर सडकखण्ड अन्तर्गत थलही पुलमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनाका क्रममा उनी पुलमुनि खसेका थिए। घाइते अन्सारीलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल भर्ना गरिएको छ।

अस्पताल स्रोत र उनको परिवारका अनुसार अन्सारीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर