Friday, September 25, 2026

कलैयामा अब सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

Advertisement
Advertisement

बारा, १२ वैशाख । बाराको सदरमुकाम कलैयामा अबदेखि बसपार्कबाट मात्र सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने भएको छ।

उपमहानगरपालिकाले जारी गरेको सूचना अनुसार कलैया क्षेत्र भित्र पर्ने भरत चोकदेखि पश्चिम, उत्तर र दक्षिणतर्फको सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनहरूलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको हो।

अबदेखि कलैयादेखि वीरगन्ज, नारायणघाट र काठमाडौँका लागि सञ्चालन हुँदै आएका बस, मिनी बस, म्याजिक, टेम्पो, ई-भी माइक्रो र टाटा सुमो जस्ता सम्पूर्ण सवारी साधनहरू अनिवार्य रूपमा कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्नेछ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा यो नियम शुक्रबार देखि लागू भएको उल्लेख गरिएको छ। यस अघि उक्त सवारीहरु मुख्य चोक तथा सडक खण्डमा जथाभाबी सवारी पार्किङ गर्ने र यात्रु चढाउने कार्यले नगरको ट्राफिक प्रणाली प्रभावित भएको थियो ।

बसपार्कबाटै सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने नियम कडाइका साथ कार्यान्वयन भए कलैयाको मुख्य बजार क्षेत्रमा हुने सवारी जाम कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर