Thursday, June 4, 2026

गण्डक नहरका अतिक्रमित संरचना हटाइँदै

spot_img

बारा, १३ वैशाख । नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आइतबार गण्डक नहरको डिलमा गरिएका अतिक्रमण हटाउने अभियान सुरु गरेको छ।

लामो समयदेखि सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घर, टहरा र अन्य अवैध संरचनाहरूलाई हटाउन कार्यालयले एक्साभेटरको प्रयोग गरेको हो।

नहरको क्षमता विस्तार र नियमित सरसफाइमा अवरोध पुगेपछि प्रशासनले यो कदम चालेको जनाएको छ। अतिक्रमण हटाउने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय सुरक्षा निकायहरूसँग समन्वय गरिएको छ।

यो अभियानले नहरलाई आफ्नो वास्तविक स्वरूपमा फर्काउन र सिँचाइ प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर