Thursday, June 4, 2026

यातायात व्यवस्था कार्यालय कलैयाले भन्यो “स्मार्ट लाइसेन्स प्रिन्ट भए पनि कार्यालयमा आएको छैन्”

spot_img

बारा, १५ वैशाख । यातायात व्यवस्था कार्यालय, कलैया, बाराले सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड लाइसेन्स) को मौज्दात र वितरणको विषयलाई लिएर सूचना जारी गरेको छ।

कार्यालयका अनुसार अनलाइन वा अन्य माध्यमबाट चेक गर्दा लाइसेन्स ‘प्रिन्ट’ भइसकेको देखिए तापनि ती कार्डहरू हालसम्म भौतिक रूपमा कार्यालयमा प्राप्त भइसकेका छैनन्।

विभिन्न माध्यमबाट आफ्नो लाइसेन्स प्रिन्ट भएको जानकारी पाएर सेवाग्राहीहरू कार्यालयमा धाउने क्रम बढेपछि कार्यालयले स्पष्टीकरण दिएको हो।

विभागबाट कार्डहरू कार्यालयमा ढुवानी भई नसकेकाले सेवाग्राहीले कार्यालय आउनुअघि आफ्नो कार्ड उपलब्ध भए नभएको निश्चित गर्न कार्यालयले अनुरोध गरेको छ।

कार्यालयले सेवाग्राहीको सहजताका लागि आधिकारिक फेसबुक पेज “Yatayat karyalya kalaiya” मार्फत नियमित अपडेट दिने जनाएको छ। सेवाग्राहीलाई अनावश्यक सास्ती नहोस् भन्नका लागि उक्त फेसबुक पेजमा उपलब्ध गराइएको नामावली वा विवरण चेक गरेर मात्र कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर