Thursday, June 4, 2026

भोलि देखि यातायात कार्यालय कलैयाबाट स्मार्ट लाइसेन्स वितरण हुने

spot_img

बारा, १६ वैशाख । यातायात व्यवस्था कार्यालय कलैयाले भोलि देखि सवारी चालक अनुमति पत्र (लाईसेन्स) को स्मार्ट कार्ड वितरण गर्ने भएको छ।

कार्यालयका अनुसार नयाँ जारी, थप, नवीकरण तथा प्रतिलिप सवारी चालक अनुमति पत्रहरू यातायात व्यवस्था विभागबाट छपाइ भई प्राप्त भएकाले बैशाख १७ गतेदेखि वितरण कार्य सुरु गरिने छ ।

सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्ड लिन आउँदा पुरानो सवारी चालक अनुमति पत्र वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याई स्वयं उपस्थित हुनुपर्ने कार्यालयले जनाएको छ।

त्यसैगरी वैशाख १८ देखि बैशाख २० सम्म सार्वजनिक बिदा भए पनि स्मार्ट लाइसेन्स वितरण कार्य भने नियमित रूपमा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने यातायात व्यवस्था कार्यालय कलैया बाराका कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर