Tuesday, July 21, 2026

पूर्वाधार कार्यालय पर्साको बोर्डमा मोबिल छर्केर भागेका दुई जना समातिए

पर्सा,२१ वैशाख। पर्सामा सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वीरगञ्ज महानगरपालिका–१३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा कार्यालयका कर्मचारी रामप्रवेश यादवसँग विकास योजनाको विषयमा विवाद हुँदा उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका थिए।

घटनाबारे कार्यालय प्रमुखले दिउँसो २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएपछि संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । उनका अनुसार हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर