बारा, २३ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ हजार ८ सयले बढेर प्रतितोला दुई लाख ९६ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि मङ्गलबार सुन प्रतितोला छापावाल सुन दुई लाख ९१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी १ सय ७५ रुपैयाँले बढेर पाँच हजार ५५ कायम भएको महासंघले जनाएको छ ।
यस अघि मङ्गलबार चाँदी चार हजार ८ सय ८० मा कारोबार भएको थियो ।





