Friday, September 25, 2026

प्रसौनीमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन २१ दिने सूचना जारी

Advertisement
Advertisement

बारा,२४ वैशाख । बाराको प्रसौनी गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन २१ दिने सूचना जारी गरेको छ। गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र स्वेच्छाले अतिक्रमण हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवद्वारा जारी सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत “शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची” अन्तर्गत बुँदा नं. ९२ कार्यान्वयनका लागि यो अभियान सञ्चालन गरिएको उल्लेख छ।

गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा, सडक, नाला, ऐलानी, पर्ती, पार्क, गौचर, विद्यालय, सार्वजनिक पोखरी, मस्जिद, मोखतम, मदरसा, इदगाह, बजार क्षेत्र, मठमन्दिर, इनार तथा खुला क्षेत्र वरिपरि निर्माण गरिएका टहरा, घर, घेरा लगायतका संरचना हटाउन निर्देशन दिइएको छ।

गाउँपालिकाले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र अतिक्रमण हटाई सम्बन्धित जग्गा खाली गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र अतिक्रमण हटाइएको नदेखिए गाउँपालिकाले स्वयं हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाट असुल गरिने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर