Friday, September 25, 2026

कोल्हबी-८ मा रास्वपाको संगठन विस्तार, नयाँ वडा समिति चयन

Advertisement
Advertisement

कोल्हबी, २७ वैशाख  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ८ मा नयाँ वडा समिति गठन गर्दै संगठन विस्तार अभियानलाई थप सक्रिय बनाएको छ।नगर संयोजक थानेश्वर पहाडीको उपस्थितिमा सम्पन्न वडा भेलाबाट प्रकाश कुँवरको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

समितिको उपसंयोजकमा माया कार्की चयन भएकी छन्। त्यस्तै सदस्यहरूमा रिना पाण्डे, अजय दोङ, राजकुमार चौधरी, विनय पासवान, जितेन्द्र कुसुवार, बिनिता चौधरी, ईश्वर श्रेष्ठ, शान्ता प्रसाद सापकोटा तथा पूर्ण बस्नेत रहेका छन्।

भेलामा बोल्दै नगर संयोजक पहाडीले रास्वपाले वैकल्पिक राजनीतिक संस्कारलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको बताए। उनले युवाहरूको सहभागिताले पार्टीलाई अझ सशक्त बनाउने धारणा व्यक्त गरे।

नवगठित समितिले वडा स्तरमा पार्टी संगठनलाई मजबुत बनाउँदै जनसरोकारका विषयमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ। साथै पार्टीको नीति, विचार र अभियानलाई घरदैलोसम्म पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ।
रास्वपाले पछिल्लो समय कोल्हबी क्षेत्रमा वडा तहसम्म संगठन विस्तार गर्दै नयाँ नेतृत्व विकास र युवाको सहभागिता बढाउने अभियानलाई प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर