Friday, September 25, 2026

अजित कुमार सिंह हत्या प्रकरण : फरार अभियुक्त तीन वर्षपछि पक्राउ

Advertisement
Advertisement

बारा,२० जेठ । बारामा गोली हानी हत्या गरेको आरोपमा तीन वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक राजीव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मुखियाले २०८० असोज ९ गते पचरौता नगरपालिका–६ पडकियास्थित लक्ष्मिनिया पोखरीको डिलमा अजित कुमार सिंहमाथि गोली प्रहार गरी हत्या गरेका थिए। उक्त घटनापछि उनी फरार रहेका प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा खोजतलासका क्रममा प्रहरी टोलीले उनलाई पचरौता नगरपालिका–४ बेल्दारी क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका मुखियामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर