Sunday, June 7, 2026

सुनको मूल्य तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो

spot_img

बारा, २४ जेठ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि आज भारी गिरावट आएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३३५ रुपैयाँले कम भएको हो।

जेठ २२ गते चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो। महासंघका अनुसार मूल्य समायोजन भएसँगै आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर