Tuesday, June 16, 2026

बारामा पिसाब फेर्ने क्रममा छतबाट खस्दा एक जनाको मृत्यु

बारा,०२ असार । बारामा छतबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा चौधरी अचानक लडेर गम्भीर घाइते भएका थिए।

छतबाट खस्दा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल, कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर पठाइएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कलम नारायण यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर