Monday, October 5, 2026

प्रसौनी गाउँपालिकाले ल्यायो ४१ करोड ३७ हजारको बजेट

Advertisement
Advertisement

बारा, ०३ असार। बाराको प्रसौनी गाउँपालिकाको १९औँ गाउँसभा आज बुधबार सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रमसहित ४१ करोड ३७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।

गाउँपालिका प्रमुख बिनोद प्रसाद जयसवालले उक्त बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय स्रोत तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई समेटेर बजेट तयार गरिएको हो।

गाउँसभामा आगामी आर्थिक वर्षका लागि विकास निर्माणका योजनाहरू, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण तथा आधारभूत सेवाहरूको विस्तारमा विशेष जोड दिइएको छ। साथै, पारदर्शिता, सुशासन र दिगो विकासलाई मुख्य लक्ष्यका रूपमा अघि बढाइने जनाइएको छ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। गाउँपालिकाले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमार्फत समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर