बारा, १६ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।



