बारा, ०१ साउन । आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बिहिबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज तोलामा १ सय २५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला ४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस अघि बिहिबार ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।



