बारा, ०८ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।



