बारा, ११ साउन । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-३ भवानीपुर बस्ने महम्मद अजिज मंसुरका अन्दाजी १५ वर्षीय छोरा सोहेब मंसुर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएकोमा करिब ९ बजे चिकित्सकले ईसीजी परीक्षणपछि मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



