बारा, २० साउन । सिरहाको लहान नगरपालिका वडा नम्बर २२, सलोखरीबाट प्रहरीले म्याग्जिनसहितको एउटा पुरानो पेस्तोल र तीन जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी सितापुरबाट खटिएको नियमित गस्ती टोलीले शंकास्पद अवस्थामा भेटिएका स्थानीय सबरजीत दासलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट ९ एमएम म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको हो।
उक्त घटनामा संलग्नताको आधारमा प्रहरीले सबरजीत दाससहित गुरुदेव दास र संजय दास गरी जम्मा ३ जनालाई नियन्त्रणमा लिएको छ।
बरामद हतियारसहित नियन्त्रणमा लिइएका सबै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा पठाइएको प्रहरीले जनाएको छ।




