Monday, August 10, 2026

बारामा १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

बारा २५ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुर स्थित शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा शान्ति टोल निवासी करिब ४२ वर्षीय वीरेन्द्र बैठा रहेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले आज आईतबार दिउँसो करिब ३ बजे बैठाको आफ्नै घरमा छापा मारेको थियो। सो क्रममा घरको आँगनबाट लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ७० वटा पुडियामा रहेको ३८६ ग्राम तथा कालो प्लास्टिकमा प्याक गरी राखिएको १ किलो ३५० ग्राम गरी जम्मा १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थसहित बैठालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय जीतपुरबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।पक्राउ परेका बैठामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थ परीक्षण तथा अनुसन्धानपछि लागूऔषधको वास्तविक प्रकृति यकिन हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर