Friday, August 14, 2026

सुनको मूल्य तोलामा ४ हजार ६ सय घट्यो

Advertisement
Advertisement Advertisement

बारा, २९ साउन । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार पनि तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ९० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर