Monday, September 21, 2026

फेसबुकको आम्दानीबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Advertisement
Advertisement

बारा, ०५ असोज । बाराको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २३७ जना विद्यार्थीलाई पिएसआर खबरका सञ्चालक तथा पत्रकार रमेश ठाकुरले शैक्षिक सामग्री वितरण गरेका छन्।

सोमबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई कापी, पेन र पेन्सिललगायतका आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

पत्रकार ठाकुरका अनुसार मिडियाको फेसबुक पेजबाट प्राप्त करिब २० हजार रुपैयाँ बराबरको आम्दानीलाई समाजसेवामा लगाउँदै यी सामग्रीहरू बाँडिएको हो। शिक्षाको स्तर सुधार गर्न र समाजका लागि आफ्नो तर्फबाट केही सकारात्मक योगदान पुऱ्याउने उद्देश्यले यो अभियान सुरु गरिएको उनले बताएका छन्।

आफ्नो वडामा रहेका तीनवटै विद्यालयका ५५० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री पुऱ्याउने लक्ष्य राखेका ठाकुरले मंगलबार भौरा र जीतपुरका विद्यालयहरूमा पनि सामग्री वितरण गरिने जानकारी दिए। प्रधानाध्यापक जितेन्द्र प्रसाद कुशवाहा, राजन जैसवाल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् र उनी विगत १४ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर