Friday, September 25, 2026

बालेन्द्र शाहको यूएन महासभा सम्बोधनलाई धेरैले भने ‘दमदार र प्रभावकारी’, कसले के भने?

Advertisement
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया व्यक्त गर्नेहरूको संख्या उल्लेख्य देखिएको छ। हामीले बिहान‘बारा अपडेट’ को सामाजिक सञ्जालमा राखिएको ‘प्रधानमन्त्री बालेन्द्र शाहको यूएन महासभा सम्बोधन र शैली कस्तो लाग्यो?’ भन्ने प्रश्नमा आएका ६५ वटाभन्दा बढी प्रतिक्रियामध्ये अधिकांशले सम्बोधनलाई उत्कृष्ट, स्पष्ट, प्रभावकारी र प्रशंसायोग्य बताएका छन्।

प्रतिक्रिया दिनेहरूमध्ये धेरैले प्रधानमन्त्री शाहले नेपालको जलवायु संकट, हिमाली क्षेत्रको समस्या, बाढी–पहिरो तथा जलवायु न्यायको विषयलाई विश्व मञ्चमा स्पष्ट रूपमा उठाएको भन्दै प्रशंसा गरेका छन्। केहीले भने भाषणको विषयवस्तु प्रभावकारी भए पनि प्रस्तुति शैलीमा अझै सुधारको ठाउँ रहेको धारणा राखेका छन्।

कन्हैया शर्माले जलवायु परिवर्तन र युद्धको असरलाई जोड्दै प्रधानमन्त्री शाहले उठाएका विषय मन छोएको बताएका छन्। उनले हतियार विश्वका जुनसुकै कुनामा छोटो समयमै पुर्‍याउन सकिने अवस्थामा किसानलाई आवश्यक पर्ने साधन–स्रोत उपलब्ध गराउन नसक्नुको कारणबारे उठाइएको प्रश्न प्रभावकारी रहेको भन्दै बधाई दिएका छन्।

रामानन्द यादवले नेपालले भोगिरहेको पीडालाई विश्वसामु स्पष्ट रूपमा प्रस्तुत गर्दै विकसित राष्ट्रलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउने प्रयासका रूपमा सम्बोधनलाई लिएका छन्। उनका अनुसार उमेरभन्दा काम गर्ने इच्छाशक्ति महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रधानमन्त्री शाहले प्रस्तुत गरेका छन्।

राम साहले जलवायु परिवर्तनले सीमाना नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा भिसा नलगाई यात्रा गर्ने भन्ने अभिव्यक्तिलाई विशेष प्रभावकारी मानेका छन्। उनका अनुसार उक्त भनाइले जलवायु संकटको विश्वव्यापी प्रकृतिलाई सरल भाषामा बुझाएको छ।

मनिस शर्माले प्रधानमन्त्री शाहसँग विश्वस्तरमा नेपालको प्रतिनिधित्व गर्ने दृष्टिकोण रहेको उल्लेख गर्दै सम्बोधनप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। राजेश अधिकारीले उनलाई सच्चा देशभक्त नेताका रूपमा उल्लेख गर्दै सम्बोधनका शब्द–शब्दमा नेपाली नागरिकका विषय समेटिएको बताएका छन्।

साहिल शेख सिद्दिकीले सम्बोधनपछि आफूलाई नेपाली भएकोमा गर्व महसुस भएको प्रतिक्रिया दिएका छन्। त्यस्तै, विवेक पटेलले प्रधानमन्त्री शाहको प्रस्तुति अत्यन्त प्रशंसायोग्य रहेको उल्लेख गर्दै नेपालले भोगिरहेको जलवायु संकटको यथार्थ विश्वसामु स्पष्ट रूपमा राखिएको बताएका छन्।

विवेक पटेलका अनुसार अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नु परेको विषयलाई सम्बोधनमा उठाउनु महत्त्वपूर्ण थियो। उनले जलवायु न्यायका लागि विकसित तथा समृद्ध राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने र प्रभावित देशलाई सहयोग तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागलाई पनि महत्त्वपूर्ण विषयका रूपमा लिएका छन्।

विरेन्द्र साहले सम्बोधनमा उठाइएका केही विषय निकै सान्दर्भिक रहेको बताएका छन्। विशेषगरी विश्वभर हतियार सहजै पुग्ने अवस्थामा किसानलाई आवश्यक मल, इन्धन तथा अन्य साधन किन सहज रूपमा पुग्न सक्दैन भन्ने प्रश्न प्रभावकारी रहेको उनको भनाइ छ। यद्यपि उनले प्रस्तुति शैलीमा केही कमजोरी देखिएको पनि बताएका छन्। उनका अनुसार आवाजमा थप उतारचढाव, प्रभावकारी हाउभाउ र शारीरिक प्रस्तुति जोडिएको भए सम्बोधन अझ प्रभावकारी बन्न सक्थ्यो।

बिजय यादवले विश्व कल्याण र शान्तिको कामना गर्दै प्रधानमन्त्री शाहले नेपालका मौलिक विषय विश्वसामु राखेकोमा धन्यवाद व्यक्त गरेका छन्। सुगम राज लामिछानेले सम्बोधनलाई सिधा, दमदार र नेपालका मुद्दा स्पष्ट रूपमा उठाउने खालको बताएका छन्। उनका अनुसार जलवायु संकट, हिमाल र नेपालको पहिचानका विषयलाई आफ्नै शैलीमा प्रस्तुत गर्नुका साथै आत्मविश्वासपूर्ण प्रस्तुतिले ध्यान तानेको छ।

राजु कुमार यादवले वर्तमान पुस्ता र भावी पुस्तालाई विगतका विवादभन्दा वर्तमान नेतृत्वले गरेका काम र उपलब्धिबारे जानकारी गराउनु उपयुक्त हुने धारणा राखेका छन्।

मोनाफ आलम अंसारीले प्रधानमन्त्री शाहको सम्बोधनलाई दमदार भन्दै घुमाउरो कूटनीतिक भाषाभन्दा प्रत्यक्ष रूपमा भोटेकोशी बाढीको पीडा, जलवायु संकट र जलवायु न्यायको विषय उठाउनु प्रभावकारी भएको बताएका छन्। विशेषगरी ‘ऋण होइन, क्षतिपूर्ति चाहियो’ भन्ने भावले आफूलाई छोएको उनको प्रतिक्रिया छ। उनले सम्बोधन छोटो, स्पष्ट र युवा नेतृत्वको शैलीअनुकूल रहेको बताएका छन्।

यता सन्देश यादवले सम्बोधनमा उठाइएका विषय महत्त्वपूर्ण भए पनि त्यसको वास्तविक प्रभाव व्यवहारमा कस्तो देखिन्छ भन्ने कुरा आगामी दिनमा हेर्न बाँकी रहेको बताएका छन्। उनका अनुसार जलवायु संकट, हिमाली क्षेत्र र जलवायु न्यायका विषय उठाउनु सकारात्मक भए पनि त्यसको परिणाम अन्तर्राष्ट्रिय तहमा कसरी अघि बढ्छ भन्ने महत्त्वपूर्ण हुनेछ।

एमडी दिल्सानले सम्बोधन उत्कृष्ट लागेको बताउँदै हामीलाई (बारा अपडेट) प्रधानमन्त्रीको पूरा सम्बोधन नेपाली भाषामा अनुवाद गरेर सार्वजनिक गर्न सुझाव दिएका छन्। उनका अनुसार यसो गरिए बालबालिकादेखि सर्वसाधारणसम्मले प्रधानमन्त्रीले विश्व मञ्चमा उठाएका विषय बुझ्न र सम्झन सहज हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर