Sunday, September 27, 2026

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि अन्तिम दाहसंस्कार

Advertisement
Advertisement

बारा, १० असोज । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको एक महिनापछि दाहसंस्कार गरिएको छ।

बाराको सुवर्ण गाउँपालिका–१ स्थित टियरी नदी किनारमा शनिबार कुशको शव बनाएर साहको परम्पराअनुसार दाहसंस्कार गरिएको हो। दाहसंस्कारअघि नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो।

सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोली निवासी साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। भदौ १० गते रसुवामा आएको बाढीका क्रममा ड्युटीमा रहेका बेला उनी बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा समेत उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले शनिबार धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको परिवारजनले जनाएको छ।

दाहसंस्कार कार्यक्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता धरमवीर यादव, नेपाली सेना तथा स्थानीयबासिको सहभागिता रहेको थियो।

बाढीमा बेपत्ता भएपछि साहको परिवार र आफन्तले उनको खोजी तथा अवस्था पत्ता लगाउन निरन्तर पहल गर्दै आएका थिए। लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर