Sunday, September 27, 2026

बारामा १३ लाख भन्दा बढीको मोबाइल पार्ट्ससहित मोटरसाइकल बरामद

Advertisement
Advertisement

बारा, ११ असोज । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउँदै गरेको रु. १३ लाख ३८ हजार बराबरको मोबाइल पार्ट्ससहित मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाबाट खटिएको टोलीले शनिबार भारतबाट मोटरसाइकलमा राखेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको मोबाइलका पार्ट्स बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणी अधिकारीका अनुसार बरामद गरिएको मोबाइल पार्ट्स तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर