Wednesday, September 30, 2026

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन आठ जिल्लाका प्रमुखसँग एसपी बस्नेतको कार्यसम्पादन सम्झौता

Advertisement
Advertisement

पथलैया,१४ असोज । मधेस प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मातहतका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ।

पथलैयास्थित प्रदेश कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत र आठ जिल्लाका ट्राफिक प्रहरी निरीक्षकबीच आर्थिक वर्ष २०८३/८४ का लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा ट्राफिक प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विषयलाई प्राथमिकता दिइएको छ। शासकीय सुधार, शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापनसँगै सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने विषय पनि सम्झौताको प्रमुख पक्षमा समेटिएका छन्।

कार्यक्रममा गत आर्थिक वर्षमा निर्धारित लक्ष्यअनुसार भएका कामको समीक्षा गरिएको थियो। नयाँ आर्थिक वर्षमा तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले मातहतका प्रमुखहरूलाई निर्देशन दिएका थिए।

सम्झौतामा उल्लेखित जिम्मेवारी र प्रतिबद्धतालाई अनुशासित तथा उत्तरदायी ढंगले कार्यान्वयन गर्न उनले आग्रह गरे। सम्झौतामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका ट्राफिक प्रमुख सहभागी थिए।

यसरी कार्यक्रममा कार्यसम्पादन सम्झौता गर्नेहरुमा प्रदेश कार्यालय पथलैयाका प्रवक्ता एवम् ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपाने, ट्राफिक प्रहरी निरीक्षक रमेश राई तथा बारा ट्राफिक प्रहरी निरीक्षक हरि भट्टराई, पर्साका दीपेन्द्र श्रेष्ठ, रौतहटका राजेन्द्र थापा मगर, सर्लाहीका झलक शर्मा, महोत्तरीका बाबुराम कार्की, धनुषाका खगेन्द्र दाहाल, सिरहाका नवीन मरासैनी र सप्तरीका उमेशमान अमात्य रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर