Thursday, October 1, 2026

पन्ना देवीका विद्यार्थीलाई असई यादवको ट्राफिक सचेतना

Advertisement
Advertisement

बारा, १५ असोज । बारामा सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरबाट सञ्चालन भइरहेको ट्राफिक सचेतना अभियानअन्तर्गत चौथो दिन कलैया उपमहानगरपालिका-५ घुसुकपुरस्थित श्री पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई सडक सुरक्षाबारे प्रशिक्षण दिइएको छ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले बिहीबार आयोजना गरेको कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत एक सयभन्दा बढी विद्यार्थी सहभागी थिए। कार्यक्रममा प्रहरी सहायक निरीक्षक (असई) प्रिन्शानन्द यादवले विद्यार्थीलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा विद्यार्थीलाई ट्राफिक संकेत तथा चिह्न, सडक लेनको प्रयोग, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा हेल्मेटको प्रयोग र चारपाङ्ग्रे सवारीसाधनमा सिटबेल्टको अनिवार्य प्रयोगबारे जानकारी दिइएको थियो।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउँदा हुने जोखिम, जथाभावी सडक पार गर्दा निम्तिन सक्ने दुर्घटना तथा सडकमा पैदलयात्रीले अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समेत विद्यार्थीलाई जानकारी गराइएको थियो।

असई यादवले सडक सुरक्षा कायम गर्नु ट्राफिक प्रहरीको मात्र नभई चालक, पैदलयात्री, विद्यार्थी, अभिभावक र समुदायका सबैको साझा जिम्मेवारी भएको बताए। उनले विद्यार्थीले प्रशिक्षणबाट प्राप्त ज्ञान घरपरिवार तथा समुदायमा समेत पुर्‍याउनुपर्नेमा जोड दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको मातहतमा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले दुर्घटना न्यूनीकरणका लागि विद्यालय केन्द्रित सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार गिरी, सन्दीप यादव,ट्राफिक जवान विरेश यादव तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर