Friday, October 2, 2026

बारामा पसल चोरीको घटनामा एक किशोर प्रहरी नियन्त्रणमा

Advertisement
Advertisement

बारा,१६ असोज । जीतपुरसिमरा उपमहानगरपालिका–७ पाडा बजारमा पसल चोरी भएको घटनामा प्रहरीले १४ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार राति करिब १ः३० बजे जीतपुरसिमरा–६ का किशोरलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पाडा बजारको पूर्वतर्फको सर्भिस लेनमा बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका उनलाई चेकजाँच गर्दा नगद १७ हजार ३ सय रुपैयाँसहित विभिन्न सामान फेला परेको थियो। उनको साथबाट ५०० दरका तीन, १०० दरका ९१, ५० दरका ९०, २० दरका ५९, १० दरका ८२ र ५ दरका ४४ थान नोट बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, एक थान पुलास, एक थान रिन्च, मोबाइल चार्जरको टाउको, एक थान ब्लुटुथ र दुई प्याकेट सिन्का पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीतपुरका शम्भु साहले सञ्चालन गर्दै आएको ‘संगम कोल्ड ड्रिम्स’ पसलमा जस्ताको छानो हटाएर चोरी गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा पसलको छानोमा चढेर करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाई नगद तथा सामान चोरी भएको खुलेको छ।

घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका किशोरलाई इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ। उनको संलग्नता तथा बरामद सामग्रीको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर