बारा, १७ असोज । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई किशोरीको दुःखद निधन भएको छ।
स्थानीय पोखरीमा नुहाउन पुगेका स्थानीय राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई तुरुन्तै अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
जितिया पर्वको व्रत र खुसीयाली मनाइरहेकै बेला भएको यो दुःखद घटनाले देवताल गाउँपालिका–६ सहित सिङ्गो स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।






