Monday, October 5, 2026

बारामा सशस्त्र प्रहरीद्वारा ९ लाख भन्दा बढीको अवैध सामान बरामद

Advertisement
Advertisement

बारा,१९ असोज । बारामा सशस्त्र प्रहरीले विभिन्न स्थानमा गरेको चेकजाँच तथा निगरानीका क्रममा ९ लाख भन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार गण तथा मातहतका विभिन्न युनिटबाट खटिएका टोलीले रजनीगन्धा, कपडा, मोबाइल पार्ट्स, पिनट, डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान तथा पटका बरामद गरेको हो।

बरामद गरिएका सामानको अन्दाजी मूल्य ९ लाख ६९ हजार १७० रुपैयाँ रहेको उनले जानकारी दिए । उनका अनुसार बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर