Friday, October 9, 2026

जीतपुरसिमराका २४ वटै वडाबाटै चाडपर्वको खर्च र खरिद हुने

Advertisement
Advertisement

बारा, २३ असोज । विजया दशमी, दीपावली र छठ पर्वका अवसरमा गरिने सजावट, पूजा तथा आवश्यक सामग्री खरिदको जिम्मेवारी जीतपुरसिमरा उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको छ। उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई पत्राचार गर्दै चाडपर्व लक्षित कामको खर्च र खरिद प्रक्रिया सम्बन्धित वडाबाटै सञ्चालन गर्न अख्तियारी दिएको हो।

यसअघि वडा क्षेत्रमा हुने बत्ती जडान, दुर्गा पूजा तथा छठका लागि आवश्यक सामग्रीको खरिदलगायतका काम उपमहानगरपालिका कार्यालयमार्फत हुँदै आएका थिए। चालु वर्षदेखि भने यस्ता कामको व्यवस्थापन र भुक्तानी प्रक्रिया वडा कार्यालयबाटै अघि बढाइने भएको छ।

खरिद प्रक्रियामा एकरूपता कायम गर्न उपमहानगरपालिकाले वडा कार्यालयका लागि कार्यसम्पादन चेकलिस्टसमेत उपलब्ध गराएको छ। उपसचिव उमेश वाग्लेले जारी गरेको निर्देशनअनुसार कामको रकम र प्रकृति हेरी सम्बन्धित वडा कार्यालयले तोकिएको खरिद प्रक्रिया पूरा गर्नुपर्नेछ।

चेकलिस्टअनुसार एक लाख रुपैयाँसम्मको खरिद वा काम सोझै गर्न सकिनेछ। त्यसको भुक्तानीका लागि सम्बन्धित बिल पेस गर्नुपर्ने व्यवस्था छ। एक लाखभन्दा बढी १५ लाख रुपैयाँसम्मको कामका लागि भने आवश्यकता खुलाएर टिप्पणी उठाउनुपर्ने र कम्तीमा तीनवटा फर्म वा कम्पनीबाट दररेट माग गर्नुपर्नेछ।

प्राप्त दररेट कार्यालयमा दर्ता गरी स्वीकृत गरेपछि कम रकममा काम गर्ने फर्म वा कम्पनी छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ। छनोट भएको फर्मलाई सम्झौताका लागि पत्राचार गरी निवेदनका आधारमा सम्झौता तथा कार्यादेश जारी गर्नुपर्नेछ।

काम सम्पन्न भएपछि सम्बन्धित फर्म वा कम्पनीबाट बिल पेस गराउनुपर्ने र त्यसको प्राविधिक मूल्याङ्कनपछि मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था चेकलिस्टमा राखिएको छ।

चाडपर्वका बेला वडामा हुने सजावट, बत्ती जडान, पूजाआजा तथा सामग्री खरिदको काम स्थानीय तहमै छिटो र व्यवस्थित रूपमा सञ्चालन गर्न जिम्मेवारी विकेन्द्रित गरिएको उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर