Tuesday, October 13, 2026

बारामा शान्ति सुरक्षामा असर पर्ने भिडियो पोस्ट गरेको आरोपमा बालक प्रहरी नियन्त्रणमा

Advertisement
Advertisement

बारा,२६ असोज । सामाजिक सञ्जाल टिकटकमा शान्ति सुरक्षामा खलल पुग्ने किसिमको भिडियो पोस्ट गरेको आरोपमा बारा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार कलैया उपमहानगरपालिका–७ स्थित छठिया पोखरी मन्दिरको भिडियो टिकटकमा पोस्ट गरेको आरोपमा कलैया निवासी करिब १५ वर्षीय बालकलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी टोलीले सोमबार दिउँसो करिब २ः३० बजे बालकलाई नियन्त्रणमा लिएको प्रवक्ता घलेले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर