बारा, २६ असोज । कलैया उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पुरुषोत्तम सिंह पाण्डेको आज सोमबारका दिन असामयिक निधन भएको छ।
वडा अध्यक्ष पाण्डेको असामयिक निधनको खबरले सम्पूर्ण उपमहानगरपालिका परिवार स्तब्ध र मर्माहत बनेको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उपमहानगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गरेको छ।

स्वर्गीय वडा अध्यक्षको सम्मान तथा शोकमा असोज २७ गते मंगलबारका दिन कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू तथा स्वास्थ्य संस्थाहरूमा सार्वजनिक शोक बिदा दिने निर्णय गरिएको नगर प्रमुख विनोद प्रसाद साहले जानकारी दिएका छन्।






