Thursday, October 15, 2026

सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ

Advertisement
Advertisement

बारा,२९ असोज । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको पेस्तोल एक थान, नाम नखुलेको अर्को पेस्तोल एक थान, म्यागजिन तीन थान र १५ राउन्ड गोली बरामद गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई पक्राउ गरेपछि उनीसँग बरामद गरिएका हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर