Friday, October 23, 2026

चाडपर्वमा सीमा सुरक्षा कडा बनाउन सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती

Advertisement
Advertisement

बारा,०५ कार्तिक । नेपालीहरूका महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, चोरी–तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको छ।

चाडपर्वका समयमा सीमावर्ती क्षेत्रमा मानिसहरूको आवतजावत बढ्ने तथा अवैध सामानको ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नियमित गस्ती, सीमा निगरानी, चेकजाँच तथा विशेष सुरक्षा परिचालनलाई तीव्रता दिएको हो।

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, भन्सार छली तथा चोरी–तस्करी नियन्त्रण गर्ने र सीमापार अपराध रोकथाम गर्ने उद्देश्यले नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ। संयुक्त गस्तीका क्रममा सीमा स्तम्भको अनुगमन, दशगजा क्षेत्रको निरीक्षण तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले मातहतका सीमा सुरक्षा गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी) हरूलाई थप सतर्क र क्रियाशील रहन निर्देशन दिँदै सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय नागरिक, सरोकारवाला निकाय तथा भारतीय सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्यलाई समेत निरन्तरता दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर