Friday, October 23, 2026

पूर्व प्रहरी कर्मचारी परिषद् बाराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

बारा,०६ कार्तिक । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल, जिल्ला कार्यसमिति बाराको आयोजनामा बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिका-५ घुसुकपुरस्थित हिमानी होटलमा आयोजित कार्यक्रममा पूर्व प्रहरी कर्मचारीबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको भावना थप सुदृढ बनाउने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको हो।

परिषद्का जिल्ला अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिएसपी घलेले बडादसैँ, दीपावली तथा छठ पर्वले समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनले पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो सेवाकालमा राष्ट्र र नागरिकको सुरक्षा तथा शान्ति स्थापनाका लागि पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताए ।

अवकाशपछि पनि पूर्व प्रहरी कर्मचारीहरूले समाजमा शान्ति, सुरक्षा, अनुशासन र सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै उनले सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे। साथै, उनले उपस्थित सबैलाई नेपालीहरूको महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्वको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

कार्यक्रममा पूर्व प्रहरी कर्मचारी परिषद् नेपालका मधेस प्रदेश अध्यक्ष वीरेन्द्र यादवले शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्व प्रहरी कर्मचारीबीच एकता, सहकार्य र आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिए। उनले परिषद्ले पूर्व प्रहरी कर्मचारीहरूलाई एकताबद्ध गर्दै उनीहरूको हकहित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष एवं प्रहरी निरीक्षक ललनकुमार कुर्मी, पूर्व प्रहरी नायब उपरीक्षक रविभूषण यादव, प्रहरी निरीक्षक श्यामसुन्दर यादव, प्रहरी नायब निरीक्षक चन्देश्वर सिंह, प्रहरी नायब निरीक्षक देवलाल यादव तथा प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद कुशवाहालगायत बारा र पर्सा जिल्लाका पूर्व प्रहरी कर्मचारी तथा परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला उपाध्यक्ष एवं प्रहरी निरीक्षक नन्दलाल साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने जिल्ला परिषद्का सचिव प्रमानन्द यादवले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर