Wednesday, June 17, 2026

विश्वकप खेलेर फर्किएका अनिललाई गृह जिल्लामा स्वागत

बारा । आइसिसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर क्रिकेटर अनिल साह गृह जिल्ला फर्किएका छ्न । उनलाई सिमरा विमानस्थल तथा सदरमुकाम कलैयामा स्वागत गरिएको छ ।

साहलाई बारा जिल्ला क्रिकेट संघ र कलैया क्रिकेट क्लबका पदाधिकारीहरुले भव्य स्वागत गरेका छन्। यस्तै उनलाई कलैया उपमहानगरपालिकाले ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । सम्भवतः उपमहानगरले बुधबार (भोलि) सम्मानित गर्ने मेयर बिनोद साहले जानकारी दिनुभएको छ।

अनिलले पहिलो खेलमा नेदरल्याण्डविरुद्ध १२ बलमा ११ रन जोडेका थिए भने दक्षिण अफ्रिकाविरूद्ध २४ बलमा २७ रन जोडेका थिए । उनले सोहि खेलमा मार्को जनसेनको क्याच लिएका थिए । अनिल अन्तिम खेल बंगलादेश विरुद्ध २ बलमा खाता नखोली आउट भएका थिए। बंगलादेश विरुद्धको खेलमा पनि उनले रिसाद हुसैनको क्याच लिएका थिए । टि-२० विश्वकपमा नेपालको लागि उनले जम्मा ३८ रन बनाउन सफल भ​ए ।

विश्वकप क्रिकेटमा नेपाल समूह ‘डि’ मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँढेका थिए । त्यसपछि वेस्ट इण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर