Sunday, July 19, 2026

बारामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कलैया,०९ मंसिर । बारा प्रहरीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा ईलाका प्रहरी कार्यालय परवानिपुर बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएको चोरी मुद्दामा वारदात पश्चात फरार रहेका फरार प्रतिवादीलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले चोरी मुद्दामा अदालतबाट पाँच हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर १ बुनियादमा बस्ने जय प्रकास मण्डल भन्ने प्रकाश महतोलाई पक्राउ गरि आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर