Thursday, June 4, 2026

बारामा लाखौंको सामान अनुसन्धान कार्यालय पथलैयामा बुझाईयो

spot_img

कलैया, १७ मंसिर ।  बारा प्रहरीले रू. ६५ लाख ६० हजार २ सय ९० रूपैया बराबरको सामान नियन्त्रणमा लिई ट्रक सहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

प्रहरीले ट्रकमा लोड गरेको मोटरपाटर्स, कपडा, मोबिलर पेपर रोल लगायत अन्य खुद्रा समानहरू बरामद गरेको हो।

ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जानकारी दिइएको छ।

प्रहरी चौकी पथलैया बाराबाट प्रहरी बरिष्ट नायाब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो।

जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सो सामान बरामद गरेको हो।

विराटनगरबाट रूपन्देही तर्फ जादै गरेको प्र.०१–०४–००१ ख ००६८ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिलबिजक भन्दा बढी, समानको स्रोत खुलाउन नसकेको र आवश्यक कागज पत्र समेत नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर