Sunday, July 19, 2026

बाराको बडहर्वामा पहिलो पटक मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यपार महोत्सव आयोजना गरिदै

शुभासराज भारती                              


बारा,१३ पुस ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बडहर्वामा पुष २५ गतेदेखि माघ ७ गतेसम्म मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यपार महोत्सव हुने भएको छ ।

‘पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ भन्ने नाराकासाथ श्री मौवादेवी युवा क्लवको आयोजना एवम् लालिगुराँस क्रेयचन मिडिया नेपालको सहकार्यमा बडहर्वामा पहिलो पटक उक्त महोत्सव गर्न लागिएको हो ।

बडहर्वालाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानीय स्तरको कृषि, उद्यम, कला, संस्कृति, पर्यटन, खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले आफूहरुले उक्त महोत्सव आयोजना गरेको क्लबका अध्यक्ष निर्मल यादवले जानकारी दिनुभयो ।

मौवादेवी क्लबको खेल मैदानमा आयोजना हुने महोत्सवमा स्थानीय स्तरका व्यापार, व्यवसाय, कृषि, उद्यमका साथै विभिन्न समुदायको खानाको परिकारलाई प्रवर्द्धन गर्न करिब १०० वटा स्टल राखिने भएको छ । महोत्सवमा बालबालिकाका लागि बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

१२ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ । यसैगरी महोत्सव अवधिभर प्रिति पासवान, राजा भोजपुरिया, अनु चौधरी, अन्जु कुश्मी, मिस्टर डी, एलिना चौहान, ज्योति मगर, दुर्गेश थापा, उर्गेन दोङ, बिशाल काल्ताङ, जीतु लोप्चन लगायतका राष्ट्रिय स्तरमा नाम चलेका कलाकारको उपस्थिती रहने छ।

महोत्सवमा राखिने स्टलको मूल्य र प्रवेश शुल्क भने निर्धारण हुन बाँकी छ । महोत्सव आयोजक र व्यवस्थापन पक्षले केही समयपछी नै मूल्य निर्धारण गर्ने छ ।

मौवादेवी युवा क्लबका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्रेयचन मिडिया नेपालका नारायण राजथला, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ की वडासचिव सीमा उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम आयोजक क्लबका सचिव मुकुन्द्रप्रसाद सापकोटाले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर