Wednesday, September 9, 2026

वीरगन्ज बाट लागूऔषध गाँजा र ट्रकसहित दुई जना पक्राउ

Advertisement
Advertisement Advertisement

वीरगन्ज,१५ पुस । वीरगन्ज बाट लागूऔषध गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन ।

वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताए ।

मकवानपुर हेटौंडा उपमहानगर-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू ना.३ ख ४२१२ नम्बरको ट्रकमा परवानीपुरबाट ड्राइपोर्ट जाँदै थिए। प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद भएका थिए।

त्यसभित्र गाँजा रहेको खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर