Wednesday, September 9, 2026

जय माता दुर्गेश्वरीले एक आर्थिक वर्षमा गर्यो साढे ३ करोडको कारोबार (तस्विरहरू)

Advertisement
Advertisement Advertisement

वीरगन्ज,२९ पुस । पर्साको वीरगन्ज महानगरपालिका वडा नं २५ सिर्सिया खल्वाटोलमा रहेको जय माता दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ ।

वीरगन्जको ड्राइपोर्ट चोकस्थित होटल वाटिकामा आयोजित साधरणसभाको उद्घाटन गर्दै पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेमराम पटेलले सहकारीको नीति र विधान अनुरुप आफना गतिविधी सञ्चालन गर्न जिल्लाभरका सहकारी सस्ंथाहरुलाई आग्रह ।

सहकारी संस्था आफनौ सहकारी ऐन,नीति अनुसार चले कहिल्यैपनि समस्या र दुर्घटनामा नपर्ने भन्दै उनले गाँउकै सञ्चालकले चलाएको सहकारीमा कारोबार गरे शेयर सदस्यको बचत कहिल्यैपनि नडुब्ने बताए। बाहिरका व्याक्तिले सञ्चालन गरेका सहकारीमा शेयर सदस्यको बचत डुब्ने गरेको उनले बताए।

साधरणसभामा जय माता दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय कुमार साहले गत आर्थिक वर्षमा सहकारीले ३ करोड ५३ लाख रुपैयाँको कारोबार गरेकोमा १ लाख २१ ह्जार रुपैयाँ खुद मुनाफा गरेको जानकारी गराए ।

साहकै अध्यक्षतामा भएको साधरणसभामा सहकारीका उत्कृष्ट बचतकर्ताहरु र नवनिर्वाीचत पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारी र सदस्यहरुलाई सम्मानित पनि गरिएको थियो ।साधरणसभामा सहकारीकर्मी रामनिवास देहातीले सहजीकरण गरेका थिए ।

वीरगन्ज महानगरपालिका वडा नं २५ का वडाध्यक्ष आशुतोष चर्र्तुवेदीको विशिष्ट आतिथ्यतामा भएको साधरणसभाको उद्घाटन सत्रमा पर्सा बचत तथा ऋण सहकारी संघका सल्लाहकार राकेश यादव,संघका पदाधिकारी , सदस्य,सञ्चारकर्मीहरु श्रवण साह, प्रणय साह, महम्मद जहाँगस्त लगायताकाकोपनि सहभागिता थियो ।

साधारण सभाको तस्विरहरु





प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर