Tuesday, July 21, 2026

साउन देखि मंसिर मसान्तसम्म देशभर आगलागीबाट ५० करोडको क्षति, १६ जनाको मृत्यु

कलैया, ०२ माघ। गत साउन १ गतेदेखि मंसिर मसान्तसम्म देशभर एक हजार एकसय १६ आगलागीको घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोशी प्रदेशमा तीन सय ३१, मधेस प्रदेशमा दुई सय ६९, बागमती प्रदेशमा ७०, उपत्यकामा एकसय ४०, गण्डकीमा ८१, लुम्बिनीमा एकसय १४, कर्णालीमा ५१ र सुदुरपश्चिम प्रदेशमा ६० वटा आगलागीको घटना भएको छ।

आगलागीबाट देशभर ४९ करोड ९० लाख २८ हजार तीनसय ३० रुपैयाँ बराबरको क्षति भएकाे छ। आगलागीबाट एकसय ९० घर, एकसय ३० गोठ र एक सरकारी कार्यालयमा क्षति भएकाे प्रहरीले जनाएको छ।

यस्तै चार सय ५५ वटा पशुचौपायाको मृत्यु भएको छ । यस्तै ५ जना पुरुष, १० जना महिला र एकजना बालिका गरी १६ जनाको मृत्यु भएको छ । आगलागीबाट ६९ जना पुरुष, ६८ जना महिला, ३ जना बालक र ५ जना बलिका घाइते भएका छन्।

आगलागीबाट २९ घर बिस्थापित भएकाे छ भने आगलागी नियन्त्रण र तथ्याङ्क संकलन गर्न देशभर आठ हजार तीनसय २२ जना प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर