38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

बारामा १३ किलो लागू औषध अफिमसहित दुई जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२९ माघ । बारा प्रहरीले १३ किलो लागू औषध अफिम जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement
Advertisement

ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार १३ किलो लागू औषध अफिम जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा स्कुटी चालक मकवानपुरको मनहरी गाउँपालिका वडा न.६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार सोही जिल्लाको कैलाश गाउँपालिका वडा नं.८ बस्ने अन्दाजी ४५ वर्षीय भिम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।

बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा हेटौडाबाट वीरगंज तर्फ जादै गरेको प्रदेश २ ०३-००१ प १६१४ नम्बरको स्कुटीलाई पच्छयाउदै जाने क्रम्मा
प्रहरीले सुर्य नेपाल अगाडी स्कुटीको डिक्की भित्र लुकाई छिपाई लगी रहेको अवैध लागु औषध बरामद गरेको छ ।

उक्त लागू औषध अफिम जस्तो पदार्थ र नगद रू. एक लाख तेतिस हजार छ सय पचपन्न रुपैया  रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

उक्त लागु औषध अफिम बरामद गरी दुबै जनालाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकोटा बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर