Wednesday, September 9, 2026

अलपत्र परेका गाईहरूको हेरचाह गर्न पशु विज्ञसहितको टोली पठाउन मुख्यमन्त्री सिंहको निर्देशन

Advertisement
Advertisement Advertisement

वीरगन्ज, ०९ फाल्गुन। पर्साको ठोरी गाउँपालिका वडा नं ५ स्थित एउटा गाई फर्ममा अलपत्र अवस्थामा छोडिएका करिब २०० भन्दा बढी गाईलाई तत्काल हेरचाह गर्न पशु विज्ञसहितको टोली पठाउन मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले निर्देशन दिएका छन्।

फर्मका साझेदारहरूबीचको विवादका कारण फर्मको रेखदेख गर्ने कोही नभएपछि यो अवस्था आएको सूचना प्राप्त हुनेबित्तिकै उनले प्रदेशका माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई वस्तुस्थितिबारे तत्काल थप जानकारी लिई गाईवस्तुको हेरचाह गर्न त्यसतर्फ पशुविज्ञसहितको टोली पठाउन आग्रह गरेको सामाजिक संजाल फेसबुक मार्फत पोष्ट गरी उनले जानकारी दिए।

साथै विवादका कारण जेसुकै भए पनि फर्मका गाईको हेरविचार गर्न जिम्मेवार बनाउनेगरी फर्मका ३ साझेदारलाई खोजी तत्काल गौसेवाप्रति जवाफदेही बनाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको पनि बताए ।

अर्को व्यवस्थापन नहुँदासम्मका लागि फर्ममा फालिएका गाईको सेवाका लागि तत्काल अग्रसर हुन उनले ठोरी गाउँपालिकाको नेतृत्वलगायत अन्य सरोकारवालाहरूलाई आग्रह समेत गरे।

केही दिनदेखी गाईहरूको हेरचाह गर्ने कोही नहुँदा गाईहरू भोकै मर्ने अवस्थामा पुगेका छन् भने एउटा गाई सुत्केरी हुँदा पनि कोहि नहेर्ने भएकोले दुःखद अवस्थामा भेटिएका छन्।

स्मरण रहोस् गाई नेपालको राष्ट्रिय जनावर हो र नेपालमा हिन्दू धर्मावलम्बीहरूद्वारा गाईलाई माताको रुपमा पुजा गर्ने गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर