Thursday, September 10, 2026

गढिमाई कोचिङ्गद्वारा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको विदाई 

Advertisement
Advertisement Advertisement

बारा देवताल गाउँपालिका वडा नं ३ स्थित गढीमाई कोचिङ्ग सेन्टर आमवाले यस वर्षको एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको बिदाई गरेको छ।

कोचिङ्ग सेन्टरबाट यस वर्षको एसईई परीक्षामा ३० जना विद्यार्थी सहभागी हुँदैछन् भने उक्त कोचिङ्गको यो १२ औं ब्याच हो अर्थात उक्त कोचिङ्गले १२ वर्षदेखि निरन्तर विद्यार्थीहरुलाई एसईई परीक्षामा सहभागी गराउदैं आएको छ।

उक्त विदाई तथा सम्मान कार्यक्रममा कोचिङ्गको तर्फबाट इन्द्रदेव माध्यमिक विद्यालयलाई कोचिङ्गले १० वटा कुर्सी सहयोग गरिएको थियोे भने कोचिङ्गबाट निस्केर विभिन्न ठाउँहरुमा सरकारी जागिर गरिरहेका विद्यार्थीहरु तथा कर्मचारीहरुलाई सहयोग गरिएको संचालक संतोष साहले जानकारी दिनुभयो।

वडा नं ३ का वडा अध्यक्ष रामकिशोर कुशवाहाको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा देवताल गाउँपालिकाका आईटी प्रमुख मुकेश यादव प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो चैत ७ गतेदेखि शुरु हुदैं छ।

तस्विरहरु

                      

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर