Saturday, September 26, 2026

तस्करीमा संलग्न चार जना सशस्त्र प्रहरी तानिए बर्दिबास हेडक्वाटर

Advertisement
Advertisement

कलैया,०३ चैत । तस्करीमा संलग्न चार जना सशस्त्र प्रहरीलाई बर्दिबासस्थित बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गण हेडक्वाटर कार्यालय तानिएका छन् ।

बाराको मटिअर्वा छोटी भन्सार नाकामा सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका सशस्त्र प्रहरीकै संरक्षण तथा मिलोमतोमा तस्करीमा संलग्न चार जना सशस्त्र प्रहरीलाई बाहिनी रिजर्भ गण हेडक्वाटर कार्यालय तानिएका हुन् ।

सिमा सुरक्षा र तस्करी नियन्त्रण गर्न खटिने सशस्त्र प्रहरीहरुकै संलग्नतामा बोर्डरमा तस्करी हुने गरेको भिडियो बिहिवार सार्वजनिक भएको थियो ।

सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक योगराज दहालको निर्देशनमा सेटिङ मिलाएर मटिअर्वा नाकामा व्यापक तस्करी भइरहेको स्थानीयहरुले गुनासो गरेका छन ।

बिहीवार मटिअर्वा चौकमा स्थानीय सहमत मिया दर्जीले भिडियो कलमा कुरा गरेकै भरमा सशस्त्र प्रहरीले उनलाई निर्घात कुटपिट गरेर उनको मोवाईल नै नियन्त्रणमा लिएका थियो ।

उक्त चौकमा सशस्त्र प्रहरीले बस्ने ठाँउमा एउटा कार्टुन राखेको र त्यो कार्टुनमा दैनिक साइकल र मोटरसाइकलमा तस्करी गर्ने ब्यक्तिहरु संग १० देखि एक हजार रुपैयाँ समेत लिने गरेको स्थनीयहरुले बताए । उक्त कार्टुन चेक गर्ने क्रममा पैसा समेत फेला परेको छ ।

सो कार्टुनमा भएको पैसा सहायक हेड कन्स्टेबल धर्मराज अधिकारीले लिएर भागेका थिए।

यता यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी संग बुझ्दा डिउटीमा भएका सबै सशस्त्र प्रहरीलाई त्यही दिन तानिएको बताएका छन् । आन्तरिक अनुसन्धान चल्दै छ,उक्त घटनाको सत्यतथ्य छानबिन गरि टुंगो लागि सकेपछि मात्र नाम बताउने र दोषीलाई कार्वाही गर्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर