Saturday, September 26, 2026

बारा: एसईईमा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्षसहित निरीक्षक जिम्मेवारी मुक्त

Advertisement
Advertisement

कलैया,११ चैत । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अमर्यादित कार्य गर्ने एकजना केन्द्राध्यक्षसहित निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा शनिबार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालय केन्द्रका केन्द्राध्यक्ष मोतिलालप्रसाद यादवले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले उनीसहित टिम निरीक्षकहरुलाई जिम्मेवारीबाट हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताएका छन्।

उक्त पन्ना देवी केन्द्रमा नयाँ केन्द्राध्यक्ष तेजिलाल प्रसाद साह,सहायक केन्द्राध्यक्षसहित निरीक्षकहरुलाई आइतबार गणितदेखि परीक्षा संचालन गर्न खटाइएको उनले बताए।

त्यस्तै कंकालीमाई माध्यमिक विद्यालय सिम्रौनगढ केन्द्रमा निरीक्षकका रूपमा खटिएका फगुनी महतो कहारले परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले उनलाई निरीक्षकको जिम्मेवारीबाट हटाउने केन्द्राध्यक्षलाई निर्देशन दिएको सहायक प्रजिअ भट्टराईले बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर